काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमण सम्बन्धी विवरण पेश गर्न आग्रह गरेको छ।

सूत्रका अनुसार, साहले गएको वर्ष जेठमा गरेको फ्रान्स भ्रमणका क्रममा आफ्ना सचिवालयका सदस्यहरूलाई ‘कर्मचारी’ को हैसियतमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि आयोगले औपचारिक जानकारी माग गरेको हो।

advertisement

मेयर साह २०८१ साल जेठ १ गते कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स गएका थिए। भ्रमणको क्रममा उनले फिल्म फेस्टिभलका निर्देशकसँग भेटघाट गरेका थिए भने रेड कार्पेट तथा प्रिमियर कार्यक्रममा प्रमुख पाहुनाको रुपमा सहभागी भएका थिए। उनले अडियो-भिजुअल कन्टेन्ट निर्माण चेनको निरीक्षण गर्नुका साथै कान्सको मल्टिमिडिया पुस्तकालयमा आयोजित सम्मान समारोहमा समेत भाग लिएका थिए।

उक्त भ्रमणमा मेयर साहसँगै उनका सचिवालयका सदस्य सुनिल लम्साल र कुमार व्यञ्जनकार पनि ‘कर्मचारी’ को रूपमा सहभागी गराइएको विषयमा उजुरी परेपछि अख्तियारले यसबारे स्पष्ट जानकारी दिन अनुरोध गरेको हो।

साह ७ जेठमा नेपाल फर्किएका थिए। घटनाबारे थप विवरण लिन मेयर साहको सचिवालयसँग सम्पर्क गर्न खोज्दा सम्भव भएको छैन।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com