काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पोखरामा आयोजित ‘प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता – २०८२’ को उद्घाटन गरेका छन्।
यस प्रतियोगितामा देशभरका विभिन्न भलिबल टोलीहरू सहभागिता जनाइरहेका छन्। उद्घाटन समारोहमा अध्यक्ष दाहालले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरेका छन्।
साथै, उनले यस्ता खेलकुद प्रतियोगिताहरूले नयाँ प्रतिभाहरूको पहिचान गर्ने, महिला सशक्तीकरणमा योगदान पुर्याउने र खेलकुद क्षेत्रमा उत्कृष्टता ल्याउनेमा विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया