काठमाडौं । नेकपा एमालेका मधेश प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रदेश सभा सदस्य ठाकुर, धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरसहित १७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूलाई आर्थिक वर्ष २०७७-७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत धनुषाको औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शय्याको अस्पताल भवन निर्माणमा अनियमितता गरेको आरोप लगाइएको छ ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरेको छ ।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com