एजेन्सी । अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो। न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको छ। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, न्यूयोर्क बाट आइसिई कार्यालय हट्नु पर्ने कुरा पनि उठाइ रहेका छन्।

सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ। सोही विरोध प्रदर्शनका कारण दिउँसो १ बजेको आसपासमा नै अदालत बन्द भएको छ। १०१ बाटाका लेनहरूलाई प्रदर्शनकारीले ठप्प पारेका छन्। यसरी यातायात रोकिएको यो तीन दिनमा दोस्रो पटक हो।

advertisement

अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडको विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि यसले क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरलाई रुष्ट बनाएको छ।

मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यस किसिमको घटना भएकोमा आपत्ति जनाएकी हुन्। उनले रात पर्नु अघि नै कर्फ्युको घोषणा पनि हुन सक्ने कुरामा सबैलाई सचेत गराएकी छन्।

प्रदर्शनलाई दमन नगर्नका लागि उनले प्रहरी प्रमुखसँग भेट गरेकी छिन्। गभर्नर गेभिन न्यूसमले त राष्ट्रपति ट्रम्पको विरुद्धमा मुद्दा नै दर्ता गरिसकेका छन्। त्यहाँको न्यायालयले धरपकड रोक्न गभर्नर न्युसमले गरेको निवेदनलाई अस्वीकार गरेको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com