काठमाडौं ।  कैलालीको धनगढीमा लागुऔषधसहित एक प्रहरी पक्राउ परेका छन् । लागुऔषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी बिसी पक्राउ परेका हुन् ।

advertisement

उनलाई धनगढी उपमहानगरपालिका- २ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी नजिकै ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको डीएसपी सिंहले बताए । बिसीको घर गोदावरी नगरपालिका- ९ हो ।

केही दिनअघि धनगढीकै त्रिनगर प्रहरी चौकीका एक जवानलाई पनि लागुऔषध सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट लागुऔषध बरामद नभएपछि उनीमाथि भने मुद्दा चलाइएको छैन ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com