काठमाडौं । तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा प्रकाश चन्द्र लोहनी र हरी बहादुर बस्नेतले रमेस राज वास्तोलाको संयाजनमा लिजवन, पोर्तुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।

advertisement

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरे । खत्रीको शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुबाट उपलब्ध भएको हो ।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com