काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुन नसक्ने बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भोलिसम्म पनि अवरुद्ध रहे आफ्नो नियमावलीअनुसार संसद चल्ने बताए ।

advertisement

उनले भने, ‘हामीले माओवादीसँग गरेको दुई बुँदे सहमतिको प्रयासमा रास्वपाको असहमति छ । रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुँदैन । त्यसमा जान सकिँदैन, हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ ।’

सांसद भट्टराईले विपक्षी दलले भोलिसम्म छलफलको लागि समय माग गरेको भएकाले ३ बजे राखेको पनि बताए ।

उनले विगतमा पनि विपक्षीको नाराबाजीबीच संसद चलेको इतिहास रहेको भन्दै सभामुखमा निर्भर हुने बताए ।

माओवादीका नेताहरू रास्वपाको पाँच बुँदे प्रस्तावमा सहमत नभएको सांसद भट्टराईले दाबी गरे ।

तर आज बसेको विपक्षी दलको बैठकले रास्वपाको पाँच बुँदे प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com