काठमाडौं । भारतले युक्रेन र पाकिस्तानको विषयमा पश्चिमी मुलुकहरूले दोहोरो मापदण्ड अपनाएको भन्दै तीव्र आलोचना गरेको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले पश्चिमा देशहरूले युक्रेनको विषयमा उग्र प्रतिक्रिया जनाए पनि पाकिस्तानको सन्दर्भमा, विशेष गरी कास्मीर मामिलामा, मौन बसेको उल्लेख गर्दै त्यसलाई “दोहोरोपन”को जीवित उदाहरण भनेका छन्।

advertisement

रुसी सञ्चार संस्था आरटी अनुसार, युरोपको यूरेक्टिभ च्यानललाई दिएको अन्तर्वार्तामा जयशंकरले पाकिस्तानले भारत स्वतन्त्र भए लगत्तै कास्मीरमा आतंककारी पठाएको र त्यसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पश्चिमा मुलुकहरूले समर्थन गरेको आरोप लगाए।

उनले भने, “हामीले इतिहासमै देख्यौं, भारत स्वतन्त्र हुने बित्तिकै कास्मीरमा आक्रमण भयो। त्यसमा पश्चिमा देशहरूको चुप्पी नै उनीहरूको दोहोरो चरित्रको प्रमाण हो।”

रुस र युक्रेन दुबैसँग भारतको राम्रो सम्बन्ध रहेको भन्दै उनले हालैको एक साता लामो युरोप भ्रमणका क्रममा उक्त धारणा व्यक्त गरेका हुन्। जयशंकर युरोपेली संघ र भारतबीचको स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement) को छलफलका लागि युरोप पुगेका थिए।

भारतले अन्तर्राष्ट्रिय मामिलामा निष्पक्ष र स्वाधीन विदेश नीति अपनाउने नीति अवलम्बन गरेको भन्दै उनले दोहोरो मापदण्ड र चुनौतिको सन्दर्भमा भारत स्पष्ट धारणा राख्ने बताए।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com