काठमाडौं । पश्चिम नवलपरासीस्थित बर्दघाटमा कुखुरा फर्ममा आगलागी हुँदा पाँच हजार सात सय कुखुरा जलेर नष्ट भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा बुधबार राति आगलागी भएको हो ।

आगलागीबाट कुखुरा चल्ला ४५ सय र बिक्री गर्ने तयारीमा रहेका कुखुरा १२ सय गरी ५७ सय कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए । आगलागीबाट दस लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

advertisement

आगो बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने फर्म सञ्चालक ईमामुद्धिन अन्सारीको भनाइ छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com