काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक बयानबाजी दिन रोक्न आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको आग्रहलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
युनुसले गएको अप्रिलमा बैंककमा बिम्स्टेक शिखर सम्मेलनका बेला द्विपक्षीय भेटघाटमा मोदीसँग हसिनालाई भारतबाट राजनीतिक वक्तव्य दिन रोक्न अपिल गरेका जनाइएको छ ।

लन्डनको च्याटम हाउसमा बुधबार (जुन ११) आयोजित कार्यक्रममा युनुसले भने, “हसिनाको प्रत्यर्पणका निम्ति बांगलादेशले भारतसँग प्रयास जारी राख्नेछ ।”

advertisement

उनले अगाडि भने, “हामी भारतसँग धेरै राम्रो सम्बन्ध राख्न चाहन्छौँ । त्यो हाम्रो छिमेकी देश हो । हामी उनीहरूसँग कुनै समस्या भएको चाहँदैनौँ । तर, भारतीय प्रेसको फेक न्युजले गर्दा हरेक समय केही न केही समस्या आइरहन्छ ।”

“यसले बंगलादेशलाई चिन्तित बनाउँछ । हामी यसलाई नियन्त्रण गर्न प्रयास गर्छौं, तर साइबर स्पेसमा धेरै चिज हुँदै रहन्छ र हामी त्यसबाट अलग रहन सक्दैनौँ,” उनले थपे ।

युनुसले भने, “हामी शान्त रहने प्रयास गर्छौं, तर अचानक केही घटना घट्छ र फेरि उत्तेजित बनाउँछ । यो समयमा हाम्रा निम्ति शान्ति स्थापित गर्नु नै ठूलो काम हो । बिबिसी हिन्दी

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com