काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रति तोला सुनको मुल्य एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको मुल्य १ लाख ९० हजारमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार १५० मा कारोबार भइरहेको छ। हिजो दुई हजार १६५ मा कारोबार भएको थियो।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया