काठमाडौं । विपक्षी दलहरूको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुवै नेता हाल माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफलमा छन्।

छलफलमा प्रतिनिधिसभामा जारी अवरोध हटाउने र पछिल्ला समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको छ। यी दुई नेताबीचको छलफलपछि विपक्षी गठबन्धनको बैठक बस्ने तयारी गरिएको छ।

advertisement

संसद खुलाउने विषयमा माओवादी केन्द्र र नेकपा एस लचक देखिएका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र आफूले अघि सारेको पाँच बुँदे प्रस्ताव कार्यान्वयन हुनुपर्ने अडानमा कायम छ। आजको बैठकले उक्त विषयमा निर्णायक निर्णय लिने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। तर, दलहरूबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन। सत्ता पक्ष माओवादी केन्द्रले प्रस्तुत गरेको दुई बुँदे प्रस्तावमा केही सहमति देखिएको छ भने रास्वपाले माओवादी पनि आफूहरूको प्रस्तावमा सहमत रहेको दाबी गरिरहेको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com