काठमाडौं । गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका मुख्य अभियुक्त दुर्गा प्रसाईसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राति अबेर उक्त आदेश जारी गरेको हो। अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईका अनुसार दुर्गा प्रसाईसँगै सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने निर्णय भएको हो।

advertisement

यसबाहेक घटनामा संलग्न अन्यलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। उनीहरूमध्ये कसैलाई १० हजार रुपैयाँ र कसैलाई १ लाख रुपैयाँ धरौटीमा छाडिएको श्रेस्तेदार भट्टराईले जानकारी दिए।

राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले व्यापक धरपकड गर्दै प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनालाई लिएर प्रहरी र प्रशासनले कडाइका साथ अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com