भोजपुर । भोजपुरमा घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट एक पुरुषको ज्यान गएको छ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वर स्थायी घर भई हाल टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आएका ३० वर्षीय प्रकाश राईको कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
बिहीबार बेलुका श्रीमान्–श्रीमतीबीच सामान्य विवाद हुँदा पत्नी सुमित्राले प्रकाशलाई कुटपिट गरेकी थिइन्। सो क्रममा गम्भीर घाइते भएका राईलाई छिमेकीले शुक्रबार बिहानमात्र थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेका थिए। तर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रीमती सुमित्रालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया