काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई कडा चुनौती दिएका छन्। गृहमन्त्री लेखकले आफू उक्त प्रकरणमा संलग्न नरहेको दाबी गर्दै संसदमा दिएको वक्तव्यप्रति प्रतिक्रिया जनाउँदै नेपालले अब संसदको रोष्ट्रम होइन, अदालतको कठघरामा जवाफ दिन आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गर्दै नेपालले लेखेका छन्, “म अपराधी होइन भन्ने दाबी गर्ने ठाउँ संसदको रोष्ट्रम होइन, अदालतको कठघर हो। अदालतमा स्वागत नेपालहरूले जनताको तर्फबाट प्रश्न गर्छन्। हिम्मत छ भने जवाफ देऊ, छैन भने कुनै दिन चौखुर्याएर तानिन्छौ। रवि लामिछानेलाई के भनेका थियौ, सम्झ छ ? कि बिर्सियौ ?”

advertisement

गृहमन्त्री लेखकले संसदमा आफू भिजिट भिसा प्रकरणमा कुनै पनि प्रकारको संलग्नता नरहेको बताएका थिए। तर, स्वागत नेपालले भने उनलाई कानुनी प्रक्रिया अनुसार अदालतमै जवाफ दिनुपर्ने माग गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अधिकारीहरूको मिलेमतोमा नेपाली नागरिकलाई अवैधानिक रूपमा भिजिट भिसामा विदेश पठाइएको आरोप लागिरहेको छ। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका वरिष्ठ अधिकारीसहित पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको छ।

सरकारको उच्च तहसम्मको संलग्नताबारे उठिरहेका प्रश्नसँगै यो विषय थप पेचिलो बन्दै गएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com