- नेपालको आन्तरिक हवाई सेवा प्रदायकमध्ये आफू सबैभन्दा अब्बल र सुरक्षीत रहेको प्रचार गरेपनी पछिल्लो समय बुद्ध एयर सबैभन्दा असुरक्षित देखिन्छ। प्रचारमा निकै ठूलो लगानी गरेपनी सुरक्षामा भने बुद्ध एयर लाचार बन्दै गएको देखिन्छ। जसको कारण बुद्ध एयर निकै नै विवादित बन्ने गरेको छ।
काठमाडौं — पौष २९ गते बिहिबार भारतको गुजरात स्थित सरदार बल्लभभाई पटेल अन्तरास्ट्रिय बिमानस्थलको धावनमार्ग नजिकै इङल्याण्डको लागि उडेको एयर इन्डियाको निकैनै सुरक्षित मानिने बोइङ विमान दुर्घटना भएको खबरले विश्वभरका हवाईयात्रुहरुमा असुरक्षाको त्रास बढेको छ।
यो दुर्घटनाले केवल हवाईयात्रुलाई मात्र होइन यात्रु बाहेक दुर्घटना स्थलमा रहेका तिन दर्जन भन्दा धेरैले ज्यान गुमाउनु परेको खबरले बस्तिहरुमा पनि चिन्ता बढेको छ। छिमेकी मुलुक भारतमा घटेको दुर्घटनाको खबरले नेपाली हवाई क्षेत्र कति सुरक्षीत छ ? कुन नेपाली हवाई सेवा प्रदायक सबैभन्दा भन्दा सुरक्षीत छ ? भन्ने चासो नेपाली यात्रुहरुमा बढेको छ।
विश्वभरका पर्यटकहरूका लागि हिमालयको काखमा रमाउन पाउँदा जुन सौन्दर्यले आकर्षित गर्छ, सोही भूगोललाई नेपाली आकाशले अत्यन्तै चुनौतीपूर्ण बनाएको छ। नेपालजस्तो पहाडी, हिमाली र विकट भौगोलिक अवस्थाले यहाँको हवाई यात्रा जोखिमपूर्ण बनाएको छ। विश्वमा हवाई दुर्घटना बिरलै हुने गरेपनी नेपाली आकाशमा हवाई दुर्घटना सामान्य जस्तै बनेको छ। नेपालमा हरेक दुर्घटनापछि सुरक्षा सतर्कता र नियमनको चर्को बहस हुने गरेतापनि ब्यबहारमा भने समस्याहरू यथावत नै छन्।
नेपालको जोखिमपूर्ण हवाई आकाश
नेपालमा करिब दुई दर्जन भन्दा बढी विमानस्थल छन्, जसमा अधिकांश रनवे छोटा, साँघुरा र टेबलटप रनवे (दुबैतर्फ गहिरो खोँच) मा रहेका छन्। मौसम चाँडो बदलिन्छ, घना कुहिरो, तीव्र हावा र वर्षा सामान्य जस्तो भइसकेको छ। यस्ता कारणले गर्दा नेपालको हवाई यात्रा ‘उच्च जोखिमको सूची’ मा विश्वमै चर्चित छ।
युरोपेली सङ्घले २०१३ देखि नै नेपाली एयरलाइन्सहरुलाई युरोपियन आकाशमा उडान निषेध गरेको छ। जसको एउटै कारण नेपाली एयरलाइन्सहरुले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पूरा गरेका छैनन्। त्यति मात्र होइन नेपाली आकाश र बिमानस्थल समेत असुरक्षित रहेको भन्दै धेरै अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुले उडान भर्ने गरेका छैनन्।
एयरलाइन्सहरूको सुरक्षा स्थितिको विस्तृत विश्लेषण
बुद्ध एयर : प्रचारमा सुरक्षीत – यात्रामा असुरक्षित
बुद्ध एयरले नेपालको आन्तरिक हवाई सेवा प्रदायकमध्ये आफू सबैभन्दा अब्बल र सुरक्षीत रहेको प्रचार गरेपनी पछिल्लो समय बुद्ध एयर सबैभन्दा असुरक्षित देखिन्छ।
प्रचारमा निकै ठूलो लगानी गरेपनी सुरक्षामा भने बुद्ध एयर लाचार बन्दै गएको देखिन्छ। जसको कारण बुद्ध एयर निकै नै विवादित बन्ने गरेको छ।
पछिल्लो समय जनकपुर बाट काठमाडौंको लागि उडेको जहाजको अगाडीको पाङ्रा बिना काठमाडौंमा अवतरण गरेको घटनाले बुद्ध एयरको वास्तविकता उदाङ्गो बनाइदिएको छ।
- यो पनि पढौं
सबैभन्दा असुरक्षित बन्यो बुद्ध एयर : बढाउँदैछ दुर्घटनाको जोखिम
जनकपुरबाट उडेको बुध्द एयरको जहाज काठमाडौंमा अवतरण, पांग्रा जनकपुरमै !
उडान अगाडि नियमित चेकजाँच गर्ने गरेको प्रचार गर्ने बुद्ध एयर काठमाडौंमा अवतरण गरिसकेपछि मात्र पाङ्रा हराएको थाहा पाउनुले बुद्ध एयरको चेकजाँच प्रचारमा मात्र सिमित देखिन्छ। २७ वर्ष पुरानो जहाज उडाइरहेको बुद्ध एयर असुरक्षाले मात्र होइन यात्रु माथी दुर्ब्यबहार र समयमा उडान नहुनुले पनि जनमानसमा विश्वास गुमाइरहेको छ।
-
भिडिओ रिपोर्ट :
यती एयरलाइन्स र तारा एयर : दुर्घटनाको पछि सतर्कता
यती एयरलाइन्स तथा यसको सहायक तारा एयरले पटकपटक भोग्दै आएको दुर्घटनाको पिडालाई पछिल्लो समय सुधारको बाटोमा अगाडि बढाएका छन्। नेपालको दुर्गम पहाडी क्षेत्रमा उडान भर्ने अधिकांश सेवा यती र ताराले नै पुर्याउँछन्। तारा एयर विशेषतः लुक्ला, जोमसोम, डोल्पा, मुस्ताङ जस्ता कठिन र जोखिमयुक्त क्षेत्रमा सेवा पुर्याउने गर्छ।
नेपाल एयरलाइन्स : सुधारको संघर्ष
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स सन् १९५८ देखि सञ्चालनमा छ। विगतमा धेरै दुर्घटनामा मुछिएको भए पनि पछिल्ला वर्षहरूमा यसले सुरक्षा व्यवस्थापन सुधार गर्न विभिन्न प्रयासहरू गरेको देखिन्छ।
तर, पुराना विमानहरु र प्रशासनिक कमजोरी अझै चुनौती बनेका छन्। हाल नेपाल एयरलाइन्ससँग केही एयरबस विमान र टर्बोप्रपहरू छन्। सुरक्षा सम्बन्धी सुधार प्रयास प्रशंसनीय भए पनि पुरानो प्रतिष्ठाको छायाँ अझै हटिसकेको छैन।
श्रीएयरलाइन्स : नयाँ कम्पनीको बढदो विश्वास
लामो समय हेलिकप्टर मार्फत सेवा दिदै आएको श्री एयर नेपाली आकाशमा नयाँ नाम हो। श्री एयरलाइन्सले सन् २०१६ बाट नियमित नेपाली आकाशमा आन्तरिक सेवा बिस्तार गरेको थियो । छोटो समयमा यात्रुको विश्वास जितेको यस एयरलाइन्स पछिल्लो समय सबैभन्दा भरपर्दो हवाईसेवा प्रदायक कम्पनीको रुपमा स्थापित छ।
नेपालको अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स संचालनमा छन्। तर ब्यबस्थापनमा राजनितिकरण हुँदा धरासायी बन्दै गएको देखिन्छ। बिकट क्षेत्रमा उडान भर्ने सीता एयर, समिट एयर र तारा एयर जोखिम पुर्ण उडान भरिरहेका छन्। सौर्य एयरलाइन्स र गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएका छन।
सुधारको बाटो
नेपालले ICAO (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन) का मापदण्ड कडाइका साथ पालना गर्न आवश्यक छ। पाइलट प्रशिक्षण, मौसम पूर्वानुमान प्रविधि, एयर ट्राफिक कन्ट्रोल सिस्टम र रनवे सुरक्षा सुधार गर्न सरकारी लगानी अपरिहार्य देखिन्छ। साथै, पुराना विमान फेर्न र मर्मत कार्य पारदर्शी बनाउने विषयमा पनि तत्कालीन सुधार आवश्यक छ।
नेपालको हवाई यात्रा जोखिमयुक्त भए पनि पूर्णरूपमा असुरक्षित भन्न मिल्दैन। श्रीएयरलाइन्स जस्तो केही कम्पनीहरूले विश्वस्तरीय सुरक्षा मापदण्ड अपनाएका छन् भने यती, समिट र तारा जस्ता केही कम्पनीहरू अझै सुधारको बाटोमा संघर्षरत छन्। यात्रुहरूले गन्तव्य, मौसम र एयरलाइन्सको विगतको रेकर्डलाई आधार मानेर टिकट काट्दा सतर्कता अपनाउन जरुरी छ।
नेपालको आकाश अझ सुरक्षित बन्न निकै धेरै सुधार र प्रतिबद्धता आवश्यक देखिन्छ। नियामक निकाय नै नियमन भन्दा कमाउ धन्दामा लाग्ने हो भने नेपाली आकाशमा दुर्घटनाको क्रम बढने देखिन्छ। बिदेशबाट दशकौ उडेका थोत्रा जहाज खरिदमा प्रतिबन्ध लगाउने हो भने नेपाली आकाश जोखिमयुक्त भए पनि असुरक्षित हुँदैन।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया