काठमाडौं। ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।

फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

advertisement

निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केहि ढिला भएको बताए । यसै गरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जानकारी दिए ।

निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा। विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहि दिन भित्रमौ सार्वजनिक यातायात सञ्चालन गरिने बताए । यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाईडर राख्ने तथा केहि सामान्यकामहरु बाँकि छ ।

२३ दिन भित्रै बाँकि कामहरु पूरा भए पछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले बताए । पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमन पछि चाँडै काम सक्न निर्देशन दिए ।

सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com