काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक  ज्ञानेन्द्रबहादुर शाहीले संसदमा प्रतिपक्षी दलहरूको आवाज उपेक्षा गर्दै जबरजस्ती सदन सञ्चालन गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो कार्यलाई संसदीय मर्यादाविपरीत भन्दै “दादागिरी”को संज्ञा दिएका छन्।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध कायमै रहेको अवस्थामा पनि संसद् सञ्चालन भएकोमा शाहीले सभामुखकै भूमिकाप्रति प्रश्न उठाउँदै तत्काल यस्तो कार्य रोक्न चेतावनी दिएका हुन्।

advertisement

“संसदमा आन्दोलन भइरहेको बेलामा जबरजस्ती सदन चलाउनु के उचित हो त?” सभामुखलाई प्रश्न गर्दै शाहीले भने, “हामी जनताको मतबाट चुनिएका जनप्रतिनिधि हौं, हाम्रो आवाज दबाउनु अनुचित हो।”

शाहीले भिजिट भिसा प्रकरणमा संलग्न दोषीहरूलाई कारबाही गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, यो त दादागिरी हो। यस्तो दादागिरी अब सह्य छैन, तुरुन्त बन्द गरिनुपर्छ।”

राप्रपा र रास्वपा दुबै पार्टीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै संसदमा निरन्तर विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com