काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा कडा विरोध जारी राखेको छ।
गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै रास्वपाले उनको तत्काल राजीनामाको माग गर्दै आएको छ। पार्टीका सांसदहरूले संसद् भवनभित्रै भुइँमा बसेर प्रतिवाद जनाइरहेका छन्।
यता, गृहमन्त्री लेखक भने आफूले कुनै पनि अनियमितता नगरेको दाबी गर्दै पदबाट राजीनामा नदिने अडानमा कायम छन्।
संसद् सञ्चालनमा आएको गतिरोध अन्त्य गर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भए पनि अवरोध भने अझै हट्न सकेको छैन। रास्वपाको विरोध कायमै रहेकाले संसद् सञ्चालनमा अवरोध कायम छ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार













प्रतिक्रिया