काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट नेतृत्वविहीन भएर अलमलिएको टिप्पणी गरेका छन्।

आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले रास्वपा एक उदयमान र सम्भावनायुक्त दल भए पनि पछिल्ला घटनाक्रमले पार्टी गम्भीर अन्योलमा परेको देखिएको बताएका हुन्।

advertisement

“रास्वपा एक युवा, पढेलेखेका व्यक्तिहरूको पार्टी हो, त्यसैले हामीले सधैं सम्मान गर्दै आएका छौं,” भट्टराईले भने, “तर संसद्भित्रको हालैको गतिविधिले प्रष्ट देखाउँछ—पार्टी नेतृत्वविहीन अवस्थामा छ। जब कुनै पार्टीसँग स्पष्ट नेतृत्व हुँदैन, त्यो दल दिशा र उद्देश्यविहीन बन्छ। अहिलेको रास्वपा बादलभित्र हराएको कागजस्तो देखिएको छ।”

उनले रास्वपाका केही सांसदले पछिल्ला संसदीय अवरोधमा सहभागी भएर उद्देश्यविहीन ढंगले राजनीति गरिरहेको आरोप पनि लगाए।

साथै, सचिव भट्टराईले कुनै सांसदको पद निलम्बन भए पनि पार्टीभित्रको हैसियत तत्काल नरहट्ने स्पष्ट पारे। “सांसद पद निलम्बन हुँदा पार्टीले प्राविधिक रूपमा कार्यक्रमहरूमा सहभागी हुन दिन सक्दैन, तर त्यो दलको नेता वा जिम्मेवारीबाट तत्काल हट्ने अवस्था भने हुँदैन,” उनले स्पष्ट गरे।

रास्वपाभित्रको नेतृत्व संकट र पार्टीको निर्णय क्षमता कमजोर हुँदै गएको सन्देश अहिलेको अवस्थाबाट झन् स्पष्ट हुँदै गएको भट्टराईको भनाइ थियो।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com