काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । बोर्डका परीक्षा नियन्त्रक कक्षा १० डा. गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको छ ।

advertisement

परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा  इन्ट्री  गर्ने काम भइरहेको छ । बोर्डले यसअघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौं केन्द्रीत सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महिना ढिलो गरी सुरु भएको थियो ।

 

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com