काठमाडौं । नेपालले आज स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। यो खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।

शृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो। उक्त खेलमा १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भएको थियो।

advertisement

टी(२०आईमा नेपाल र नेदरल्याण्ड्स हालसम्म १३ पटक भिडेका छन्। यसमा नेदरल्याण्ड्सले ७ खेल जितेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ। एक खेल भने नतिजाविहीन टुंगिएको थियो।

यी दुई टोली पछिल्लोपटक सन् २०२४ जुनमा आईसीसी टी(२० विश्वकपको खेलमा भिडेका थिए, जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो। त्यसअघि, मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा पनि नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो। फाइनलअघि भएको दुई खेलमा भने दुवै टोलीले १(१ जित निकालेका थिए।

टी(२०आई शृंखला आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूबीच खेलिएको हो।

पुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १(१ जित निकाले ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com