काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरमा चार दिनपछिदेखि सवारी साधन सञ्चालन हुने भएका छन्। फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो।

आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो।

advertisement

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए।

निर्माण कार्यमा ढिलाइ भएपछि मन्त्री दाहालले फ्लाई ओभरको पटक पटक निरीक्षण र अनुगमन गरेका थिए।

 

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com