काठमाडाैं । इरानी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्न चाहेको दाबी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेका छन् । इरानी सरकारले ट्रम्पलाई आफ्नो आणविक कार्यक्रमका लागि खतरा मान्ने अनि सक्रिय रूपमा ट्रम्पलाई समाप्त गर्न चाहेको नेतान्याहूले बताए ।
इरानी सरकार ट्रम्पलाई मार्न चाहन्छ भनेर एक अमेरिकी समाचार च्यानलसँगको कुराकानीमा नेतान्याहूले भनेका छन् । ‘ट्रम्प उनीहरूको नम्बर एक शत्रु हुन् । ट्रम्प एक निर्णायक नेता हुन् जसले अरूले जस्तै इरानसँग मोलतोलको बाटो रोजेनन्’ उनले भने ।
उनले इरानसँगको नक्कली सम्झौता समाप्त गरेको, कासिम सुलेमानीलाई मारेको पनि उनले बताए । इरानले आणविक हतियार राख्न र युरेनियम संवर्द्धन गर्न सक्दैन भन्ने कुरामा ट्रम्प स्पष्ट छन् । यही कारणले इरानले ट्रम्पलाई आफ्नो सबैभन्दा ठुलो शत्रु मान्ने पनि उनले बताए ।
-एन्जेसी
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया