काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा जारी अवरोधका बीच प्रतिनिधिसभा बैठक जबरजस्ती अघि नबढाउन सभामुखलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले सदन सञ्चालनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गरे। “दुई दल संसद अवरुद्ध गरिरहेका बेला बहुमतको नाममा जबरजस्ती कार्यसूची अघि बढाउनु संसदीय मर्यादाविपरीत हुन्छ,” उनले भने।
लिङ्देनले संसद्मा दलहरूको भूमिका उनीहरूको संख्याबाट होइन, महत्वबाट निर्धारण हुने तर्क गर्दै अवरोधबीच सञ्चालन गरिएको बैठकप्रति असहमति जनाए। उनले यस्तो बैठकलाई राप्रपाले बहिष्कार गर्ने स्पष्ट पारे।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया