काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दुई दलको स्पष्ट विरोध भइरहँदा सभामुख देवराज घिमिरेले जबरजस्ती संसद सञ्चालन गरेको भन्दै कडा आपत्ति जनाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदको मर्यादा, विधि र अभ्यासको उपेक्षा गर्दै सभामुखले आफ्नो भूमिकालाई दलविशेष अनुकूल बनाएको आरोप लगाए।

advertisement

‘एक सिटको पार्टी होस् वा सय सिटको, संसदमा सबैको हैसियत र सम्मान बराबर हुन्छ,’ लिङ्देनले भने, ‘सभामुख संसदको संरक्षक हुन्। उहाँले सबै सांसदको समान व्यवहार गर्नु पर्दछ। तर अहिले दुई दलले स्पष्ट रूपमा विरोध जनाइरहँदा पनि संसद बलजफ्ती अघि बढाइएको छ, जुन संसदीय परम्परा र मर्यादाविपरीत हो।’

उनले यस्तो कार्यशैली जारी रहने हो भने राप्रपाले संसदको बैठक बहिष्कार गर्ने चेतावनीसमेत दिए। ‘जबरजस्ती संसद चलाउने प्रवृत्ति अन्त्य नहुँदासम्म राप्रपा सहभागी हुँदैन,’ उनले भने।

लिङ्देनको उक्त टिप्पणी संसदभित्रको बढ्दो असहमति र प्रक्रियागत विवादबीच आएको हो, जहाँ प्रमुख दलहरू सरकारको नीति तथा कार्यक्रम, बजेट र गृह मन्त्रालयसम्बन्धी विषयमा तीव्र असहमति जनाउँदै संसद अवरुद्ध गरिरहेका छन्।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com