काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदमा जबाफदेहिता माग्दा आफ्ना सांसदहरूमाथि बल प्रयोग गरिएको गम्भीर आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परियारले मानव बेचबिखनजस्तो गम्भीर विषयमा प्रश्न उठाउँदा संसदले त्यसलाई सम्बोधन गर्नुको सट्टा बलपूर्वक बैठक सञ्चालन गरिएको बताएका हुन्।

advertisement

उनले भने, “आफ्नै नागरिकलाई बेचबिखन गर्न कानुन बनाउने, तस्करीलाई संस्थागत संरक्षण दिने राज्यलाई कसले जबाफदेही बनाउने ? यो देश जनतालाई दुःख दिन बनाइएको हो कि उनीहरूकै सेवा गर्न ?”

गृह प्रशासन र अध्यागमन प्रणालीमा गम्भीर गडबडीका विषयहरू उठिरहेका बेला त्यसबारे संसदमा प्रश्न गर्दा बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्य र अभ्यासको अपमान भएको उनको आरोप थियो।

“हामी सत्यका पक्षमा कराइरहेका थियौं, जबाफ मागिरहेका थियौं। तर त्यसको उत्तर दिनुको सट्टा बल प्रयोग गरेर संसद चलाउने प्रयास भयो,” परियारले आक्रोश पोख्दै भने।

उनको भनाइमा रास्वपाले उठाएका प्रश्नहरू जनताको चासोका विषय हुन् र ती मुद्दामा सरकार जिम्मेवार बन्नु आवश्यक छ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com