काठमाडौं । संसद्को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले देखाएको विरोधको शैलीप्रति सत्तारुढ नेकपा एमालेका सांसद दामोदर बैरागीले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नियमावलीको उल्लंघन भएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए। बैरागीले रास्वपा सांसदहरूले सभामुखको आसनअगाडि जुत्ता–चप्पल खोलेर ध्यान गरेजस्तो आसनमा बसेको शैलीलाई असान्दर्भिक र असंवैधानिक भने।

advertisement

उनले भने, “सभामुखको ड्यासतर्फ, सभामुखको आसनतर्फ जुत्ता–चप्पल खोलेर ध्यान गरेजस्तो गरेर विरोध जनाउनु संसदीय मर्यादाविपरीत हो। यस्तो कार्यले संसद्को गरिमा घटाउँछ। म सम्माननीय सभामुखज्यूको ध्यान उक्त व्यवहारप्रति आकृष्ट गराउन चाहन्छु।”

उनले संसदीय मर्यादा र आचरणको रक्षा गर्न सबै दल र सांसदहरूको जिम्मेवारी रहेको पनि स्मरण गराए।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com