काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरीत संसद्को बैठक सञ्चालन गरेको बताएका छन्।
संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसकेको बताए। उनले संसदीय परम्परामा कुनै पनि एक सांसदले उठेर असहमति जनाइरहेको बेलामा संसद् अवरुद्ध रहने बताए।
भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद् भद्रगोल तरिकाले अघि बढाएको बताए।
संसद् सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने उनको भनाइ थियो। उनले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाए।
प्रकाशित मिति: २ असार २०८२, सोमबार













प्रतिक्रिया