काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राप्रपा महामन्त्री डा. धवलशम्शेर राणासँग तीन लाख रुपैयाँ धरौटी मागेको छ ।
राणाको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् ।

जिल्ला अदालत काठमाडौँमा सोमबार भएको थुनछेक बहस पछि धरौटी माग भएको हो ।

advertisement

गत चैत १५ गते पक्राउ परेका राणा उमेर र स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए । उनी प्रहरीले अभियोजन गर्दा अदालतमा उपस्थित भएका थिएनन् । आज उनी बयानका लागि उपस्थित भएका हुन् ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com