एजेन्सी । सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको एउटा विमानको आपत्कालीन अवतरण गराइएको छ । विमानको एउटा इन्जिनमा प्राविधिक गडबडी भए पछि मङ्गलवार कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई ओरालिएको हो ।

फ्लाइट एआई १८० निर्धारित समय ००ः ४५ बजे विमानस्थलमा आइपुगेको थियो । तर बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलाइ भयो । लगभग ०५ः २० बजे सबै यात्रुहरूलाई विमानबाट ओर्लन भनियो । उडान सुरक्षाका लागि यो निर्णय गरिएको विमानका क्याप्टेनले यात्रुहरूलाई बताए ।

advertisement

एयर इन्डियाको फ्लाइट एआई१८० निर्धारित समयअनुसार सान फ्रान्सिस्को विमानस्थलबाट उडेको थियो । तर, १२ः४५ बजे कोलकाता विमानस्थलमा आइपुग्दा यसको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखियो । चार घण्टाभन्दा बढी समय पछि बिहान ५ः२० बजे मात्रै कोलकताको विमानस्थलमा सबै यात्रुहरूलाई ओरालियो ।

अहमदाबाद दुर्घटनापछि त्रासको वातावरण पाँच दिनअघि अहमदाबादको सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको एयर इन्डियाको उडान एआई–१७१ ले उडेको केही सेकेन्डमै बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भयो ।

उक्त विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु, १० क्याबिन क्रू सदस्य र दुई पाइलट थिए ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com