काठमाडौं । तीनकुने घटनासँग सम्बन्धित मुद्दामा संलग्न ठहरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

यसअघि सोमबार सोही मुद्दामा राप्रपाका महामन्त्री शवलशम्शेर राणा अदालतमा उपस्थित भएका थिए। थुनछेक बहसपछि अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

advertisement

मंगलबार अदालतमा उपस्थित भएका मिश्रको पनि आजै थुनछेक बहस हुँदैछ। बहसपछि अदालतले उनलाई थुनामै राख्ने कि साधारण तारेख वा धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय गर्नेछ।

मिश्रविरुद्ध गत जेठ ११ गते काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराधलगायत गम्भीर मुद्दा दर्ता गरिएको थियो।

तीनकुनेमा गत चैत १५ गते राजसंस्थाको समर्थनमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको ज्यान गएको थियो। घटनाको क्रममा मिश्रले दिएका अभिव्यक्तिलाई प्रहरी र सरकारी वकिलले उत्तेजनापूर्ण ठहर गर्दै उनीविरुद्ध मुद्दा दायर गरेका हुन्।

उक्त घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका दुर्गा प्रसाईंलाई यसअघि नै अदालतले थुनामा पठाउने आदेश दिएको छ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com