काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, र निजामती सेवा सम्बन्धी विधेयकहरू समयसापेक्ष रहेको भन्दै ती विधेयकप्रति आफ्नाे पार्टीको राजनीतिक समर्थन रहने बताएका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भिजिट भिसाको आवरणमा १८ वर्षदेखि भइरहेको मानव तस्करीको विषयमा गम्भीर छानबिन आवश्यक रहेको धारणा राखे।

advertisement

झाले अहिलेका गृहमन्त्रीले आफू विपक्षमा रहँदा संसद् प्रक्रियाबारे दिएका भनाइ सम्झाउँदै भने, “एउटा प्रतिपक्षी सांसद मात्र उभिए पनि त्यसको विरोधलाई मान्यता दिनुपर्छ भनेर उहाँले आफैँ बोलेका थिए। अब त्यो तर्क सबैका लागि हो, कि उहाँकै लागि मात्रै हो भनेर प्रश्न उठ्छ।”

उनले नेपाली कांग्रेसलाई लक्षित गर्दै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीलाई मुद्दा नभन्न चुनौती दिँदै भने, “यदि यो मुद्दा नै होइन भन्ने हो भने खुलेर भन्नुपर्छ— हाम्रो प्राथमिकता फरक छ, हामी मान्छे बेच्ने विषयलाई प्राथमिक मान्दैनौँ।”

उनले थपे, “हामी विधेयकहरूको महत्त्वलाई बुझ्छौं र त्यसैले राजनीतिक समर्थन गर्नेछौं। तर भिजिट भिसाको आवरणमा भएको मानव तस्करीबारे गहिरो छानबिन हुनैपर्छ र दोषीलाई कारबाही पनि गर्नुपर्छ भन्ने हाम्रो अडान छ।”

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com