काठमाडौं । सुशासनको माग गर्दै अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियानमा लागेका नवराज बोहरा सुर्खेतदेखि पैदल यात्रा गरेर काठमाडौं आइपुगेका छन्।
बोहरा मंगलबार सिंहदरबार पुगेका थिए, जहाँ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने प्रयास गरे। तर भेट सम्भव नभएपछि उनले मुख्यसचिव समक्ष आफ्ना माग र विचार राखे।
बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल यात्रा सुरु गरेका थिए। करिब ३० दिनको यात्रापछि सोमबार काठमाडौं आइपुगेका उनी कलंकीमा रात बिताएका थिए। आज यात्रा सुरु गरेको ३१ औं दिनमा उनी सिंहदरबार पुगे।
कर्णाली प्रदेशमा व्याप्त भ्रष्टाचार र अनियमितताविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बोहराले आफ्नो अभियानको सुरुआत गरेका हुन्। उनले सरकार र सम्बन्धित निकायलाई सुशासनको माग गर्दै सन्देश दिन उक्त पैदल यात्रा गरेका हुन्।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया