एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना सर्त आत्मसमर्पण गर्ने धम्की दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले त्यसको प्रतिक्रिया दिएका छन् ।
खामेनेईले एक्समा एक पोस्ट लेख्दै इरान कहिले पनि इजरायलसँग सम्झौता नगर्ने बताएका छन् । यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न इरानलाई धम्की दिएका थिए । साथै उनले इरानी सुप्रिम लिडर लुकेको कुरा पनि उल्लेख गरेका थिए ।
त्यसपछि खामेनेईले एक्समा आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘हामीलाई आतंकवादी जियोनिस्ट शासनलाई कडा जवाी दिनु आवश्यक छ । हामी जियोनिष्टमाथि कुनै दया देखाउने छैनौं ।’
त्यसअघि ट्रम्पले लेखेका थिए, ‘तथाकथित सुप्रिम लिडर कहाँ लुकेका छन्, हामीलाई राम्रोसँग थाह छ । उनी एक सहज निशाना हुन् । तर अहिलेलाई भने उनी सुरक्षित छन् ।’ १३ जुन गत शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेपछि त्यसयता दुवै देशबीच संघर्ष जारी छ ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया