काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिटको अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आज उच्च अदालत पाटनमा छलफल हुँदैछ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनलाई चुनौती दिँदै पाण्डेले गत जेठ २६ मा उच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बुधबार ९आज० उपस्थित हुन आदेश दिएको थियो।
जेठ २० मा ६ महिनाका लागि निलम्बित गरिएका पाण्डेले कार्यालय फर्किन खोज्दा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उनलाई प्रवेश गर्न दिएका छैनन्।
पाण्डेले निलम्बन रद्द गरिदिन उच्च अदालतमा उत्प्रेषण आदेशको माग गरेका छन्। यदि उनले अन्तरिम आदेश पाउन सकेनन् भने उनको महानगर फर्किने सम्भावना कमजोर हुने देखिन्छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया