काठमाडौँ  । हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेसीसहर-चामे सडकमा पहिरो जाँदा सडक अवरुद्व भएको छ ।

सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउँपलिका ४, च्याम्चे नजिकै पहिरो जाँदा सडक अबरुद्व भएको हो । सडक अवरुद्व भएपछि गन्तव्यमा निस्किएका सवारी साधनहरु रोकिएका छन्।

advertisement

च्याम्चे र बुङ झरना वारीबीचको सडकमा माथिबाट पहिरो आउँदा सडक अबरुद्व भएको स्थानीय होटल व्यवसायी बाबुराम तामाङले बताए । उनका अनुसार मङ्गलबार मध्यरात १२ बजेतिर पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराले सडक माथिबाट पहिरो खस्दा सडक अबरुद्व भएको बताए । प्रहरीका अनुसार बुधबार बिहान बुङझरना नजिक सडक माथिबाट पहिरो खसेको छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com