एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् ।

यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो ।

advertisement

यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् ।

इरानी मिडियाका अनुसार मुनिरले केही अघि इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी मे महिनाको अन्त्यतिर जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com