काठमाडौं । मुलुकमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित गठन गरिएको उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आयोजना हुँदैछ।
प्रधानमन्त्रीका स्वकीय सचिव रोशनी मेचेका अनुसार बैठकमा हालसम्म सुशासन प्रवर्द्धनका लागि गरिएका प्रयासहरू, सुधारका उपायहरू तथा आगामी रणनीतिबारे गहन छलफल गरिनेछ।
उक्त आयोग गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको हो। आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन्।
सरकारी सेवा, सार्वजनिक खर्चको पारदर्शिता, भ्रष्टाचार नियन्त्रण तथा उत्तरदायी शासन प्रणाली निर्माणमा आयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया