काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५३ वर्षीया मिना सिंह खेमानी रहेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

दुबईबाट एयर अरेबियाको उडानमार्फत नेपाल आएकी उनलाई मङ्गलवार राति विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनका साथबाट करिब १ किलो १६० ग्राम तौलको अर्धठोस अवस्थामा रहेको सुन फेला परेको एसएसपी सोमेन्द्रसिंह राठौरले पुष्टि गरे।

बरामद गरिएको सुन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको पनि एसएसपी राठौरले जानकारी दिए। यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com