काठमाडाैं । रुकुम पूर्वको भूमे–०९, चुन्वाङमा यस वर्ष भूमे जात्रा भव्य रूपमा मनाइएको छ। जात्रामा वडा भित्रका मगर, क्षेत्री, दलितलगायत सबै समुदायको सक्रिय सहभागिता देखिएको छ।

अन्तिम केही वर्षदेखि चुन्वाङमा अन्य वडाबाट बाजा र नाच सिकाउने गुरुलाई बोलाएर परम्परागत भूमे नाच सिकाउने चलन बढ्दै आएको छ। लामो समयदेखि हराउँदै गएको भूमे पर्व स्थानीयको पहलमा पुनः फर्किदै गएको हो।

advertisement

गाउँका बुढापाकाका अनुसार विगतमा भूमे पुज्दा केही अनिष्ट भयो भन्ने जनविश्वासले यो पर्व रोकिएको थियो। त्यसपछि विकल्पस्वरूप खरनेटा भन्ने लेकमा भूमेको समयमा मेला लाग्ने परम्परा सुरु गरिएको थियो। त्यहाँ चुन्वाङका लाखर गाउँ, सिमचौर, गोठीवाङ, गैरीगाउँ, कोर्जा, कुचिवाङ र मैवाङ गाउँबाट पैसरी नाच्न आउने चलन थियो।

तस्बिरहरू

तर हाल स्थानीय अगुवा, बुढापाका र युवाहरू मिलेर फेरि पुरानो भूमे परम्परा पुनर्स्थापना गर्ने प्रयासमा जुटेका छन्। यस प्रयासमा वडा सरकार, संस्कृतिप्रेमी समुदाय र युवाहरूको सक्रिय भूमिका रहेको छ।

यस वर्ष चुन्वाङको गैरीगाउँमा भूमे नाच गरी भूमे पर्व विशेष उत्साहका साथ मनाइएको छ।

 

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com