काठमाडौँ । ललितपुरको ग्वार्कोमा महानगर यातायातको बसले टेम्पो र कारलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्। निर्माणाधीन ओभरपास नजिकै बा.४ ख ११९ नम्बरको बसले बा.१ ह ३९१८ नम्बरको टेम्पो र बिएई ११९७ नम्बरको कारलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परेर टेम्पोमा सवार ६ जना घाइते भएका हुन्। उनीहरूको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये टेम्पो चालक ओखलढुङ्गा घर भई हाल ललितपुरमै बसोबास गर्दै आएका ४२ वर्षीय जित बहादुर मगर, चालककी श्रीमती ४२ वर्षीया सिता मगर, कैलालीकी २८ वर्षीया रश्मी धमला (हाल इमाडोल बसोबास), रामेछापका ३२ वर्षीय सन्तोष सुनुवार, र कैलालीकी हेमन्ती विष्ट रहेका छन्।
त्यस्तै, कारमा सवार कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी घर भएकी ५३ वर्षीया चरिमाया तामाङ पनि घाइते भएकी छन्।
ट्राफिक प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया