कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिकामा भैँसी चराउने क्रममा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। बुधबार साँझ करिब साढे ५ बजेतिर बिजयनगर गाउँपालिका–५, नैरंगीयाकी ४५ वर्षीया जन्ममति यादवको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार, यादव डालपुर–नयाँबस्ती नजिकैको खेतमा भैँसी चराइरहेकी थिइन्। सोही क्रममा अचानक मौसम बदलिएर मेघगर्जनसहित वर्षा सुरु भएपछि उनी ओत लाग्न नजिकैको पिपलको रूखमुनी बसिन्। तर दुर्भाग्यवश सोही रूखमा चट्याङ पर्दा उनी गम्भीर रूपमा घाइते भइ तत्कालै ज्यान गुमाएकी हुन्।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया