तेहरान । इरान र इजरायलबिचको युद्ध सातौँ दिनमा पुगेको छ । यसैबिच, इजरायली सेना (आईडीएफ) ले बिहीबार बिहान दुई इरानी सहरहरू अरक र खोन्डुबका मानिसहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।

अराकमा हेभी वाटर रियाक्टर छ । यो रियाक्टर इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । अरकमा ठुलो मात्रामा हतियार पनि उत्पादन गरिन्छ ।

advertisement

खोन्दबमा पनि आईआर–४० नाम गरेको हेभी वाटर रिएक्टर । यो पनि इरानको आणविक कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो । यो स्थान अरकबाट लगभग ४० किलोमिटर टाढा छ । अरकलाई जस्तै यसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिँदै आएको छ ।

पछिल्लो ६ दिनमा यस इरान–इजरायल युद्धमा २४ इजरायली नागरिक मारिएका छन् । यसैबिच, वासिङ्टनस्थित एक मानवअधिकार समूहले इरानमा मृत्यु हुनेको सङ्ख्या ६३९ पुगेको बताइएको छ । यी आक्रमणमा कम्तीमा पनि १ हजार ३२९ जना घाइते भएको दाबी उसले गरेको छ ।

इजरायली ह्याकरहरूले बुधबार राति इरानको सरकारी सञ्चालित आईआरआईबी टिभी सहित धेरै समाचार च्यानलहरू ह्याक गरेका छन् । यस समयमा मानिसहरूलाई विद्रोह गर्न आह्वान गरिएको थियो ।

यी ह्याकरहरूले २०२२ मा इरानमा भएको विरोध प्रदर्शनको भिडियोहरू चलाएका थिए । यी भिडियोमा महिलाहरूले आफ्नो कपाल काटिरहेका देखिन्थे । एजेन्सी

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com