काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा राखेर यथाशक्य चाँडो पारित गर्न माग गरेको छ। पार्टीका प्रमुख सचेतक सिहतराज पाण्डेले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारले विधेयकलाई कार्यसूचीमा नराखेकोप्रति गम्भीर आपत्ति जनाए।
उनले असार ३ गतेका लागि तय गरिएको विधेयक संघीय संसद् सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकाबाट हटाइएको भन्दै आलोचना गरे। “पहिल्यै कार्यसूचीमा राखिएको विधेयक पछिल्लो तालिकाबाट हटाइनु उचित होइन,” पाण्डेले भने, “यसलाई पुनः कार्यसूचीमा समावेश गरी छिटोभन्दा छिटो पारित गर्नुपर्छ।”
संघीय निजामती संरचना सञ्चालनका लागि महत्वपूर्ण मानिएको सो विधेयक लामो समयदेखि अड्किएको छ। माओवादी केन्द्रले यस विधेयकले संघीयताको कार्यान्वयनमा टेवा पुर्याउने भएकाले ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको हो।
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया