काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेकी छन् । बिहीबार (असार ५) बसेको राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

उनले मध्यपूर्वको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीका परिवार ‘विक्षिप्त’ रहेको बताइन् । मध्यपूर्वमा रहेका नेपाली तत्काल स्वदेश फर्कन सक्ने अवस्था नरहेको उनले उल्लेख गरिन् । उनले उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

advertisement

“उनीहरू भन्दाबित्तिकै आउन सक्ने अवस्था पनि छैन । सरकारले इजरायल र इरानमा रहेका नेपाली युवाहरूको अवस्था के कस्तो छ भन्ने जानकारी बुझेर सदनलाई जानकारी दिन आग्रह गर्न चाहन्छु,” उनले भनिन् ।

उनले विश्वका शक्तिशाली देशले कमजोर मुलुकलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्नो साम्राज्य विस्तार गर्ने गरेको बताइन् । इजरायले निरन्तर गरेको आक्रमणबाट हजारौँ प्यालेस्टाइन नागरिकको मृत्यु भएकोप्रति उनले दुःख व्यक्त गरिन् ।

उनले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिला, वृद्ध मारिएका र २० लाखभन्दा बढील मानिस बेघरबार भएका बताइन् । यो कार्य अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारविपरीतको नरसंहार रहेको भन्दै उनले सहन सक्ने अवस्था नरहेको टिप्पणी गरिन् ।

पछिल्लो समय विभिन्न देशबीच बढेको युद्धले तेस्रो विश्वयुद्ध निम्त्याइरहेको उनले बताइन् । उनले विश्वयुद्धले कुनै पनि मुलुकलाई ठिक नहुने उल्लेख गरिन् ।
-एजेन्सी

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com