काठमाडौँ । कांग्रेस नेता अफताब आलमलाई जिउँदै इट्टा भट्टामा मान्छे जलाएको अभियोगमा सफाए दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीशमाथि छानबिन सुरु भएको छ।

बिहीबार बसेको न्याय परिषदको बैठकले आलमलाई सफाइ दिने न्यायाधीशहरु खुसीराम थारू र अर्जुन महर्जनलाई न्याय परिषदले काठमाडौँ उपस्थित हुन निर्देशन दिएको हो।

advertisement

जिल्ला अदालत रौतहटको दोषी ठहर गरेको मुद्दालाई उल्ट्याउँदै थारु र महर्जनको इजलासले जेठ १४ गते सफाइ दिने दिएको थियो। फैसला सार्वजनिक भए लगत्तैदेखि दुई न्यायाधीशमाथि छानबिन सुरु गर्नुपर्ने आवाज चौतर्फी रुपमा उठेको थियो।

पूर्वन्यायाधीश फोरमले समेत न्यायपालिकाको छवि गराउने गरी फैसला गर्ने न्यायाधीशबारे परिषद आँखा चिम्लिएर बस्न नहुने बताएको थियो।

ती न्यायाधीशलाई इजलासमै प्रवेश गरेर नेकपा बहुमतका कार्यकर्ताले मोसोसमेत दलेका थिए।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com