काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले उक्त आदेश जारी गरेको हो।

अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म प्रहरीलाई पाठकलाई पक्राउ गर्न अनुमति छैन। काठमाडौंको पाँचतारे होटल ‘हिल्टन’ सम्बन्धी बनाइएको एक भिडिओका कारण उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

advertisement

अदालतको आदेशपछि अब पाठक कानुनी प्रक्रिया जारी रहँदासम्म सुरक्षित रहनेछन्।

 

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com