एजेन्सी । इरानका सुप्रिम लिडर आयतुल्लाह अली खामेनीले देशबासीका नाममा सम्बोधन गर्दै हालसम्म गरेको व्यवहार जारी राख्न आग्रह गरेका छन्। खामेनीले विहीबार एक्समार्फत देशबासीलाई यस्तो सन्देश दिएका हुन्।

‘यदि दुस्मनलाई हामी उनीहरूसँग डराउँछौँ भन्ने महशुस भयो भने उनीहरू तपाईँलाई छोड्ने छैनन्,’ खामेनीले भनेका छन्। त्यसैले इरानी जनताले हालसम्म कायम राखेको व्यवहार जारी राख्न उनले आग्रह गरेका छन्।

advertisement

उता इरानका उप विदेशमन्त्री सइद खतिबजादेहले इरान अमेरिकासँगको  परमाणु वार्ता सम्झौताको चरणमा पुगेका बेला इजरायलले हमला गरेको दाबी गरेका छन्। ‘इजरायलले पूरा सम्झौता प्रक्रिया बिफल बनाउनका लागि आक्रमण गरेको हो,’ बिबिसीसँगको कुराकानीमा उनले भने।

इजरायलले आक्रमण गरेपछि इरानले पछिल्लो आइतबार अमेरिकासँगको परमाणु वार्ता रद्द थरेको थियो।
पछिल्ला केहीदिनयता इरान र इजरायलले एकअर्काको देशमा हवाई तथा क्षेप्यास्त्रमार्फत हमला गरिरहेका छन्। जसले मध्यपूर्वको स्थिति तनावपूर्ण छ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com