काठमाडौं । इजरायल र इरानबीच जारी युद्धमा अमेरिका सहभागी हुने वा नहुने भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साताभित्र निर्णय लिने भएका छन्।
अमेरिकी प्रेस सचिव क्यारोलिन लेभिटले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएकी हुन्। उनले राष्ट्रपति ट्रम्पले स्थिति मूल्याङ्कन गरिरहेको र आवश्यक परे वार्ता प्रक्रियालाई पनि अगाडि बढाउने संकेत दिएकी छन्।
यही क्रममा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र बेलायती विदेशमन्त्री डेभिड लेमीबीच इजरायलसँग सम्बन्धित विषयमा महत्वपूर्ण वार्ता भएको छ। सो वार्तामा विशेषतः दीर्घकालीन रूपमा आणविक समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छलफल भएको बताइएको छ।
युद्ध सुरु भएको एक हप्तामा दुवै पक्षले ठुलो क्षति बेहोरेका छन्। यद्यपि, कुनै पनि पक्ष पूर्ण रूपमा ध्वस्त भएका छैनन्। पछिल्लो घटनाक्रमअनुसार बिहीबार एक अस्पतालमा भएको आक्रमणमा ७१ जना घाइते भएका छन्।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया